काठमाडौं। पूर्वअर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले सरकारका कारण विकास निर्माण कार्य रोक्नु पर्ने अवस्था आएको बताए।
आइतबार अर्थतन्त्रबारे धारणा सार्वजनिक गर्न एमालेले आयोजना गरेको कार्यक्रममा नेता पाण्डेले सरकारले अर्थतन्त्रलाई गतल ठाउँमा पुर्याउँदा विकास आयोजनाहरु रोक्नुपर्ने अवस्थामा पुगेको दाबी गरेका हुन्।
नेता पाण्डेले विकास आयोजना अघि बढ्ने हो भने पैसा दिन नसकिने स्थितिमा पुगेको बताएका हुन्। उनले विगतका वर्षमा पुँजीगत खर्च नहुँदा चिन्ता गर्नुपर्ने भए पनि यस पटक खर्च भए चाहिँ चिन्ता मान्नुपर्ने स्थिति पैदा भएको उल्लेख गरे।
‘पुँजीगत खर्च रोक्नुपर्ने अवस्था छ। अहिले ३३ अर्ब मात्रै ढुकुटीमा सञ्चित छ। यदि विकास खर्च भयो भने सरकारले नगद दिन सक्ने अवस्थामा छैन, पाण्डेले अगाडि भने, ‘ठेकेदारहरुले मात्रै ५० अर्ब माग्ने अवस्था छ। तर सरकारले दिन नसक्ने अवस्था आउँदैछ।’
उनले सरकारले अर्थतन्नमा गलत नीति लिएको उल्लेख गरे। नचाहिने वस्तुमा आयता रोक्नुपर्ने भए पनि सरकार खुलाउनतिर लागेको आरोप लगाए।
पाण्डेले भने, ‘नचाहिने र प्रतिबन्ध लगाएको वस्तुलाई आयात गर्न अनुमति सरकारले दिइएको छ। छोकोडा, मरिच तस्करीका लागि बाटो खोलिएको छ।’
गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गर्नु आपत्ति जनक रहेको उल्लेख गर्दै उनले अब पैसा छाप्न नपाउने स्थिति पैदा हुने बताए।
‘अब सरकारले पैसा छाप्न पाउँदैन। कार्यवाहक गर्भनरले पैसा छाप्न पाउँदैन। म अर्थमन्त्री हुँदा गर्भनर भएनन्, त्यसबेला पैसा छाप्न नै रोकिएको थियो’, पूर्वअर्थमन्त्री पाण्डेले भने।