काठमाडौं। ललितपुरमा बिजुलीको तार सर्ट हुँदा घरमा आगलागी भएको छ। बुधबार राति ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका जयबहादुर लोप्चानको दुई ताले कच्ची घरमा बिजुलीको तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको र करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
.jpg)