काठमाडौं। विद्युतीकरण नभएका जाजरकोटका तीन ठाउँमा सौर्य मिनी ग्रेड निर्माण गरिने भएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ९० प्रतिशत अनुदान र १० प्रतिशत प्रदेश सरकार र स्थानीयवासीको साझेदारीमा सौर्य मिनी ग्रेड निर्माण गरिने भएको हो।
जुनीचाँदे गाउँपालिका–७ मा ३५ किलोवाटको जुनी सौर्य मिनी ग्रेड, कुशे–७ मा १६० किलोवाटको कुशे ठाँटीकोट सौर्य मिनी ग्रेड र नलगाड नगरपालिका–८ मा १८ किलोवाटको नलगाड मङ्सिरी सौर्य मिनी ग्रेड निर्माण हुने भएको हो।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार १६ करोड ८९ लाख ५२ हजार रुपियाँको लागतमा निर्माण हुने सौर्य मिनी ग्रेडमध्ये १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने बताइएको छ।