काठमाडौं। ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएर एक जनाको मृत्यु भएको छ। सगरमाथा अक्सिजन प्लान्ट आज बिहान विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो।
विष्फोटमा परेर अन्य ५ जना घाइते भएका छन्। घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी छ।