काठमाडौं। निर्माण व्यवसायीहरुले बीमा निर्देशीका २०७८ संशोधनको माग गर्दै बीमा समितिमा गर्दै आएको धर्ना कार्यक्रम स्थगित भएको छ। नेपाल निर्माण व्यवसायी महासंघ र बीमा समितिबीचमा सोमबार भएको सहमतिपछि धर्ना कार्यक्रम स्थगित गरिएको हो।
सोमबार महासंघ र बीमा समितिबीच भएको छलफलमा तत्कालका लागि बीमा निर्देशिका कार्यान्वयन नगर्ने र त्यसलाई संशोधनमा लैजाने विषयमा सहमति भएको महासंघले जनाएको छ।
निर्देशिका संशोधन गर्न समितिका कार्यकारी निर्देशक राजरमण पौडेलको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन गरिएको छ । समितिलाई आवश्यक अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
.jpg)
महासंघले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही प्रावधान, बीमा निर्देशीका २०७८ लगायतमा संशोधन एवं खारेजीको माग गर्दै गत वैशाख ८ गतेदेखि आन्दोलन शुरु गरेको छ।
महासंघले वैशाख ११ गतेदेखि निर्माण होलिडेको घोषणा समेत गरेको छ। महासंघले वैशाख १३ अर्थात आजदेखि बिहान ११ बजे सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा, जिल्ला संघहरुले जिल्ला प्रशासन कार्यालयमा र प्रदेश संघहरुले प्रदेश प्रमुखको कार्यालयमा एक घण्टा धर्ना दिने घोषणा गरेका छन्। आजदेखि नै बीमा समितिको कार्यालयमा दिउँसो १ बजेदेखि २ बजेसम्म गर्ने भनिएको महासंघको धर्ना कार्यक्रम भने स्थगित गरिएको हाे।
.jpg)