काठमाडौं। भोजपुरमा निर्माणाधीन १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको १४ सय मिटर सुरुङ खनेर सकिएको छ। आयोजनाको २ हजार ४ सय मिटर लामो सुरुङमध्ये आधाभन्दा बढी सुरुङ खन्ने काम पुरा भएको हो।
आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको काम भइरहेको लोअर इर्खुवा खोला हाइड्रो पावर कम्पनीले सार्वजानिक गरेको चालु आर्थिक वर्ष २०७८।२०७९ को तेस्रो त्रैमासको वित्तिय वितरणमा उल्लेख गरिएको छ।
उक्त आयोजनाको लागि आवश्यक विद्युतीय मेसिन तथा उपकरण र हाइड्रोमेकानिकल उपकरणको टेन्डर सम्पन्न भई ठेक्का सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।
सो आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्ट्बिगाले थापा्बिएनटी जेभीले गरिरहेको छ।
यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्र्स (सिडब्लुटीडब्लु) सँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ।
उक्त आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० साउनभित्र उत्पादन सुरु गर्ने तालिका रहेको बताइएको छ। यस अघि आयोजनाबाट २०७९ सालभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको हो।