काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबिना देश विकास असम्भव भएको बताएका छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुभकामना दिँदै मन्त्री कार्कीले सूचना प्रविधिको प्रयोगबिना देश विकास कठिन रहेको बताएका हुन्।
उनले देश विकासका लागि सूचना प्रविधिको प्रयोग, विकास र विस्तार आवश्यक रहेको बताए। मन्त्री कार्कीले सूचना प्रविधिबिना समग्र देश विकासको परिकल्पनासम्म गर्न नसकिने बताए।
आजको युग सञ्चार तथा सूचना प्रविधिको भएको र यो आजको आवश्यकता मात्र नभएर अपरिहार्यता भएको उनको भनाइ छ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ।