चितवन । भरतपुरको चितवन उद्योग संघमा औद्योगिक पाठशाला कक्षको उद्घाटन गरिएको छ । गत बिहीबार भरतमुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले औद्योगिक पाठशाला कक्षको उद्घाटन गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख दाहालले पछिल्लो समय भरतपुर महानगरभित्र रहेका औधोगिक व्यवसायलाई सफलता पुर्वक कार्य गर्नमा महानगरले हरेक कोसिस गरिरहेको बताइन्। प्रमुख दाहालले औधोगिक रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय लक्ष्य भन्दा बढी राजस्व संकलन भई सकेको समेत जानकारी दिइन् ।
उनले जनप्रतिनिधि आएको करिब ४ वर्षको अबधिमा महानगरमा धेरै विकास भएको दाबी गरिन् । भरतपुरमा औधोगिक ,शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउँदै भरतपुर २१ पार्वतीपुरमा १९ करोडौंको ठेक्कामा महानगरले गौरव गर्ने संरचना निर्माण भइराखेको उनको दाबी छ ।
प्रमुख दाहालले अबको ४ महिनामा आफूहरुले अझै धेरै काम गर्न बाँकी रहेको समेत बताइन् ।