इलाम। इलाममा विद्यालय भवनबाट लडेर एक जनाको मृत्यु भएको छ। विद्यालय भवनमा टिन लगाउने क्रममा लडेर एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा बारा जितपुर नगरपालिका–५ गकुलिया बस्ने २५ वर्षीय रामपुकार चौधरी रहेका छन्। बिहीबार साँझ सूर्योदय नगरपालिका–१२ स्थित करफोक माविको निर्माणाधीन भवनमा टिन लगाउने क्रममा लडेर चौधरी गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोड हुँदै सिटी हस्पिटल बुधबारे झापामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।