विराटनगर। लायन्स क्लबले विराटनगरको एक विद्यालयमा शौचालय निर्माण गर्ने भएको छ। लायन्स क्लब अफ विराटनगर एलिटले विराटनगर १ परोपकार घाटनजिक रहेको सयपत्री परोपकार आधारभुत विधालयमा अध्ययनरत छात्राका लागी आफ्नै लगानीमा शौचालय निर्माण गर्ने भएको हो।
एक कार्यक्रमका बिच लायन्स क्लबको डिस्ट्रिक गभर्नर रेवतबहादुर कार्की र लायन्स क्लब अफ विराटनगर एलिटका अध्यक्ष प्राडा शान्ति सुवेदिले उक्त शौचालयको शिलान्यास गरेका छन्। कार्यक्रममा एलिटले राम्रोकाम गरेकोमा शुभकामना दिदै आफ्नो तर्फबाटपनि लायन्स क्लबका डिस्ट्रिक गभर्नर कार्कीले ११ हजार सहयोग गर्ने घोषणा गरे।
उक्त विद्यालयमा शिशु कक्षा देखी ४ कक्षा सम्म पढाई हुन्छ। जहाँ लगभग ७० जना विद्यार्थिी रहेका छन् भने त्यस मध्यमा पनि ५० जना छात्रा रहेको विद्यालयले जनाएको छ। छात्रा बढी रहेको उक्त विद्यालयमा छात्र र छात्राको लागी बेग्ला - बेग्लै शौचालय नभएकोले उनिहरु एउटै शौचालय प्रयोग गर्दै आएका छन। यस्तो समस्यालाई बुझेर लायन्स क्लबले उक्त शौचालयको निर्माण गर्ने भएको हो। शौचालयको निर्माण पछि विद्यार्थीहरुलाई सहज हुने विश्वास गरिएकोछ।