काठमाडौं। नेपालमा ३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ। नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
सिँचित जमिन कम भएकाले पनि खाद्यान्नहरुको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदले जनाएको छ।
नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने बताईएको छ। सिँचाईका लागि छुट्टयाएको बजेट तटबन्ध निर्माणमा खर्च हुँदा खेतीयोग्य जमिनमा सिँचाईको व्यवस्था गर्न नसकिएको पनि नेपाल कृषि अनुसन्धान परिषदले स्मरण गराएको छ।
परिषदले हालसम्म ८० वटा बस्तुबालीका ७२३ जातहरु विकास गरी कृषकको खेतबारीमा पुगेको पनि जनाएको छ।