काठमाडौं। रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ मा रहेको स्थानीय लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन्। सिस्ने–२ मा रहेको तुबाङ खोला लघु जलविद्युत् एक महिनादेखि अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका हुन्।
३३ किलोवाट क्षमतामा रहेको तुबाङ खोला लघु जलविद्युत् अवरुद्ध भएको एक महिना बितिसकेको छ। विद्युत् अवरुद्ध भएको एक महिना बित्दासमेत मर्मत नहुँदा वडावासी मर्कामा परेका छन्। पावर हाउसमा विद्युत् उत्पादन गर्ने जेनरेटर जलेपछि विद्युत् अवरुद्ध भएको विद्युत् अपरेटरले बताए।
जेनरेटर जलेपछि नयाँ जेनरेटर खरिद गर्न आर्थिक समस्या भएपछि लामो समयदेखि विद्युत् अवरुद्ध भएको बताइएको छ।
हालै मात्र वडाको पहलमा नयाँ जेनरेटर खरिद गर्न लागिएको छ। नयाँ जेनरेटर अहिले ल्याउँदै गरेकाले अबको २।३ दिनमै विद्युत् आपूर्ति सहज हुने बताएको छ। विद्युत् अवरुद्ध भएपछि विगत एक महिनादेखि वडाका साढे ४ सय घरधुरी अन्धकारमा बस्न बाध्य छन्।