काठमाडौं। रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मर्जरका लागि स्वीकृति पाएका छन्।
विद्युत नियमन आयोगले रिडी र रैराङ हाइड्रोपावरलाई मर्जरका लागि स्वीकृति प्रदान गरेको हो।
आयोगको वैशाख १९ गते बसेको १५६ औं बैठकको निर्णयले यी दुई हाइड्रोपावरलाई एक आपसमा गाभिन सहमति दिएको हो। यी दुई हाइड्रोपावरहरुले एक आपसमा गाभिन २०७८ पुस २६ गते आयोगमा निवेदन पेश गरेका थिए।
मर्जपछि दुई हाइड्रोपावरको संयुक्त चुक्ता पूँजी १ अर्ब १४ करोड ५५ लाख ५८ हजार पुग्ने छ।