काठमाडौं। युनाइटेड इदी मर्दी एण्ड आरिब हाइड्रोपावर लिमिटेडको नाफामा वृद्धि भएको छ। विद्युत् विक्री आम्दानी बढेसँगै युनाइटेड इदी मर्दीको नाफा १९४ प्रतिशतले बढेको हो।
मर्दीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९४ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवमा रू. १ करोड ७९ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ५ करोड २७ लाख पुगेको हो ।
चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ४८ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले विद्युत् विक्री बापत रू। १० करोड ६ लाख आम्दानी भएकोमा चालू आवमा बढेर रू.१४ करोड ९० लाख पुगेको हो ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ४२ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू। ५ करोड ३५ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू। १६ दशमलव ७६, मूल्य आम्दानी अनुपात ५६ दशमलव ५६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११२ दशमलव ५७ रहेको छ ।