काठमाडौं। नेपालमा स्थानीय तहको निर्वाचन हिजो (शुक्रबार) सम्पन्न भएको छ। हिजैदेखि मतगणना सुरु भएकाले निर्वाचनकाे मत परिणाम पनि आउन थालेको छ।
तपाइँहरु निर्वाचनको कुन ठाउँका उमेदवार कति मतले अघि छन् भन्ने देखि कुन ठाउँमा कस्ले जित्यो भन्ने सम्मको अपडेट निर्माणपाटी डट कममा हेर्न सक्नुहुन्छ। निर्माणपाटीले निर्वाचनको पल पलको मतपरिणाम अपडेट गरिरहेको छ।
महानगरपालिकाहरुको मत भने आजबिहानदेखि मात्र गणना गर्न सुरु गरिएको छ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ ।
शुक्रवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका थिए।
देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधिका लागि निर्वाचन भएको हो। जसमा ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।