काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य सरकारले बढाएको हो।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ। निगमका अनुसार शनिबार रातिदेखि लागू हुनेगरी मूल्य बढाउने निर्णय भएको हो। 