लुम्बिनी। अरुण जलविद्युत–४ आयोजना निर्माण गर्ने सम्बन्धमा एक सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगमबीच उक्त आयोजना निर्माण गर्ने सम्बन्धमा एक सम्झौतामा हस्ताक्षर भएको हो।
सोमबार लुम्बिनीमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा दुई देशबीच सो सम्झौतामा हस्ताक्षर भएको हो।
सहमति पत्रमा नेपालको तर्फबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक नन्दलाल शर्माले हस्ताक्षर गरेका छन्।
यस आयोजनाबाट ९ सय मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्छ। जसमा नेपालले १ सय ५२ मेगावाट बिजुली पाउने छ।