काठमाडौं। अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीले आगामी १० गतेदेखि सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले संखुवासभामा सञ्चालित ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीका अनुसार सय रुपैयाँ अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
स्थानीयले छिटोमो जेठ २४ गतेसम्म र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड गरिसकेपछि सर्वसाधारणका लाथि छुट्याएको साधारण सेयर निष्कासन गरीने कम्पनीले जनाएको छ।
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको छ। कम्पनीले निर्माण सम्पन्न गरेको जलविद्युत आयोजनाले गत २०७८ चैतदेखि व्यापारीक उत्पादन सुरु गरेको हो।