काठमाडौं। कैलाली जिल्लाको हातखोली नदमिा पुल निर्माण भएको छ। उक्त पुल धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक योजना डोटीले निर्माण गर्ने भएको हो।
पुलको अभावमा कैलालीका स्थानीयबासीलाई आवतजावतमा समस्या भएको थियो। स्थानीय मात्र नभएर सवारीसाधन आवतजावतमा पनि समस्या भएका कारण स्थानीयले ठूलो समस्या भोग्दै आएका थिए। अब पुल निर्माण हुने भएपछि उनिहरु खुसि भएका छन्। पुल निर्माण भएसँगै आफुहरुले उत्पादन गरेको उत्पादित समानलाई बजार लगेर सहजै रुपमा बिक्रि गर्न पाउने भन्दै उनिहरुले खुसि व्यक्त गरेका छन्।
उक्त पुल निर्माणको जिम्मा तिन वटा निर्माण कम्पनीले पाएका छन्। एम/एस गुलिभर, कुटुम्ब र भुवन्यश्वरी जेभी बर्दियाले पाएको छ। निर्माण कम्पनीले भ्याट सहित ५ करोड ९७ लाख ८१ हजार एकसय रुपैयाँको लागतमा निर्माणको जिम्मा लिएका छन्। निर्माण कम्पनीले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने जनाएको छ।