चितवन। हावाहुरीका कारण विजुलीको पोल ढलेपछि चितवनको भरतपुर क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ। शुक्रबार साँझ अचानक आएको हावाहुरीसहितको वर्षाका कारण पोल ढलेको हो।
महानगरको चनौली सबस्टेशनले दिने बाहेकको क्षेत्रमा विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले जनाएको छ।
महानगरको पश्चिमी क्षेत्रमा खासै समस्या नभए पनि सदरमुकाम क्षेत्र र नारायणगढ बजार क्षेत्रमा शुक्रबार साँझदेखि नै विद्युत सेवा ठप्प भएको छ। प्राधिकरणले विद्युत मर्मत कार्य भने सुरू गरिसकेको छ। केही ठाउँहरुमा रूख ढलेर पनि पोल पल्टेका छन्। पूर्ण रूपमा सेवा चालू गर्न शनिबार दिनभर लाग्न सक्ने प्राधिकरणले जनाएको छ।