काठमाडौं। चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृत्यु भएको हो।
देशको पूर्वी क्षेत्रमा पर्ने फुजियान प्रान्त अन्तर्गतको वुपिङमा शुक्रबार पहिरो गएको जनाईएको छ। बिहीबार रातीदेखि अत्यधिक बर्षा भएको र त्यसपछि पहिरोले घर भत्काएको समचारमा उल्लेख गरिएको छ।
पहिरोका कारण घर भत्किएर मृत्यु भएका मध्ये पाँच जनाको उद्योग रहेको भवनमा र तीन जनाको आवासीय भवनमा मृत्यु भएको हो।
पहिरोका कारण अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। घटनास्थलमा खटिएका उद्धारकर्ताले पहिरोका कारण त्यस क्षेत्रको यातायात, विद्युत र सञ्चार सेवा अवरुद्ध भएको जनाएका छन्।