काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा सुरुङ मार्ग निर्माणका लागि प्राथमिकता दिने भएको छ। आगामी आर्थिक वर्षमा सुरुङ मार्ग निर्माणका लागि १ अर्ब १९ करोड रुपैयाँ छुट्याएको हो ।
आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा नागढुंगा सुरुङमार्ग निर्माण सक्ने समेत बताए।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ। बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन गरिएको मन्त्री शर्माले बताए ।
सरकारले १२ खर्ब ४० करोड ११ करोड राजश्व उठाउन लक्ष्य लिएको छ । सरकारले २ खर्ब ५६ आन्तरिक ऋण उठाउने र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिने मन्त्री शर्माले बताए।
स्रोत पूर्ति गर्न बाँकी २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले बताए।