काठमाडौं। खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि शुक्रबारेको भवन उद्द्दाटन गरिएको छ। उक्त विद्यालयको १० कोठे पक्की भवन उद्घाटन गरिएको हो।
उक्त १० कोठे पक्की भवनको उद्घाटन केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले गरेका छन्। जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत सो भवन निर्माण गरिएको हो।
विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक (भवन) निर्माण गरिएको हो। भवन निर्माण भएपछि आफ्ना बालबच्चालाई सहज रुपमा पढाउन सकिने भन्दै स्थानीयले खुशि व्यक्त गरे।