हुम्ला। जिल्लाको नाम्खा गाउँपालिका– ५ को यारीमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ। काठमाडौंबाट आएका टोलीले नाम्खा– ५ को यारी पुगेर स्थलगत रपमा सम्भाव्यता अध्ययन सुरु गरेको हो ।
छिमेकी देश चीनसँग जोडिएको हुम्लाको यारीमा सुख्खा बन्दरगाहाको सम्भाव्यता अध्ययनको कार्यक्रम तय गरेको छ।
सम्भाव्यता अध्ययनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सूचना निकालेर परामर्शदाता कम्पनीमा एमएस कार्ड कन्सल्ट लिमिटेड छनोट गरी सम्झौता गरेको छ ।
लिमिटेडसँगको सम्झौतासँगै दुई सदस्यीय अध्ययन टोली हुम्ला पुगेर स्थलगत रूपमा अध्ययन सुरु गरेको छ । जग्गाको बनावट, प्रकृति, खानेपानी, बिजुली, सडक सञ्जाल र सामाजिक विवरणको समेत अध्ययन गरिने बताइएको छ।