काठमाडौं। सर्लाहीको ईश्वरपुर नगरपालिकामा दलित परिवारको लागि पक्की घर निर्माण हुने भएको छ। सो नगरपालिकामा १५ घर दलित परिवारको लागि घर निर्माण हुने भएको हो।
ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य एक कार्यक्रमका बिच १५ जना दलित समुदायका घर परिवारका लागि पक्की घरको शिलान्यास भएको ईश्वरपुर नगरपालिकाले जनाएको छ।
वडा नं. २, ३ र ९ का मुसहर तथा अन्य दलित परिवारहरुको लागि पक्की घर निर्माण हुने भएपछि स्थानियहरु खुसी भएका छन। सयुक्त आवास भवन निर्माण अन्तर्गत सहरी विकास मन्त्रालयले १५ पक्की घर निर्माण गर्न ७० लाख बजेट नगरपालिकालाई पठाएको हुदाँ आवास भवन निर्माण कार्य तिव्र गतिमा अघि बढाउन नगर प्रमुख आचार्यले शिलान्यास गरी ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिएको नगरपालिकाले जनाएको छ।
सयुक्त आवास भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, वडा नं. ३ का अध्यक्ष, वडा सदस्यहरु, प्राबिधिक लगायत वडावासीहरुको उपस्पथिति रहेको थियो।