काठमाडौं। बैतडीमा आज सोमबारदेखि चार दिनका लागि विद्युत् सेवा बन्द हुने भएको छ। सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।
विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ। जिल्लामा नयाँ विद्युत् सबस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने लागेको हो। मर्मत तथा नयाँ सबस्टेशन राख्न चार दिन नै लाग्ने अनुमान छ, त्यसैले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ।
सबस्टेशन पुरानो हुँदा बेलाबेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको र अब त्यस्तो नहोस् भन्नका लागि सबस्टेशन नयाँ राख्ने प्रक्रिया सुरु भएको छ। सोमबार बिहान ७ बजेदेखि नै प्राविधिक कर्मचारी मर्मतका लागि खटिने भएकाले बिहानैदेखि विद्युत् सेवा अवरुद्ध हुनेछ।