काठमाडौं। गुल्मिमा अत्याधुनिक किरण पुस्तकालय भवन निर्माण भएको छ। नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा करिब करिव ३ करोडमा चार तल्ले अत्याधुनिक भवन निर्माण गरिएको हो।
भवन निर्माणको लागि सुनिल समिर बाँसुरी जेभीले दुई करोड ९१ लख ५२ हजार एक सय ७३ रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। अहिले भवन बाहिरबाट अत्याधुनिक र आर्कषक देखिन्छ। तर, दिगो र स्थायी आर्थिक स्रोत नहुँदा पुस्तकालय व्यावस्थापन र उदेश्य अनुसारको काम अगाडी बढाउन निकै चुनौति रहेको किरण पुस्तकालयका संस्थापकले बताएका छन्। किरण पुस्तकालय निकै पुरानो पुस्तकालय हो।
बिस २०२५ सालमा सामान्य स्थानीय एक व्यक्तिको घरमा श्रुर्ती, स्मृति पुराण र कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालय संचालन गरिएको थियो। तत्कालिन समयमा स्थानीय स्तरमा आबश्यकता अनुसारका पुस्तकहरु थिएनन्। जसका कारण स्वयसेवकहरुलेनै केहि पुस्तक खरिद गरेर पुस्ताकालय सञ्चालन गरे। त्यो बेला बिद्यालय पनि कम र कहि कतै पुस्ताकालय नभएकाले स्थानीहरु मिलेर स्थापना गरेको पुस्ताकालयको महत्व छ। तर, समय अनुसार पुस्तकालयको अत्याधुनिक भवन निर्माण भएको छ।