काठमाडाौं। काठमाडौंको बालुवाटारस्थित सुनौलो नेपाल र मेरी मेरी स्टोप्स् भवनमा आगलागी भएको छ। भवनमा बुधबार बिहान आगलागी भएको हो।
प्रहरीका अनुसार बिहान ७ः०० बजेदेखि लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
अहिले वारुणयन्त्र, सुरक्षा निकायको नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको विपत् व्यवस्थापन टोलीले भवन नै भत्काएर आलो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। भवनभित्र औषधी भएकोले औषधीमा लागेको आगो नियन्त्रणमा लिन गाह्रो परेको पनि प्रहरीले जानएको छ।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।