काठमाडौं। चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी भइरहेको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका अनुसार आगामी मङ्सिरसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न भई सर्वसाधारणको लागि खुला हुनेछ।
नौ तले दरबारको अधिकांश काम सकिएसँगै स्काफोल्डिङ निकालिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक नौतले दरबार वरपर घुम्न सक्नेगरी सो संरचना हटाइसकिएको छ।
दरबारको ५ प्रतिशत काम मात्र बाँकी रहेको बताइएको छ। सोकेस र लाईटिङ जड़ानबाहेक सबै काम सम्पन्न भएको हो।