काठमाण्डौं । भाद्र २३ गते निर्माण व्यवसाय तथा व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा दुई दिने इजीपी तालिम आयोजना गरिएको छ ।
तालिमको सुभारम्भ निर्माण व्यवसाय प्रबर्द्धन तथा कार्यान्वयन समितिका अध्यक्ष ई. केशवकुमार शर्मा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको प्रमुख आतिथ्यतामा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि शर्माका अनुसार नेपालमा बोलपत्र प्रक्रिया पेपरलेस सिस्टममा गएको हुनाले निर्माण व्यवसायीहरुले अनिवार्य यो प्रक्रियालाई अबलम्बन गर्नु पर्ने भएकोले व्यवसायीहरुको लागि यो तालिम अपरिहार्य रहेको छ ।
व्यवसायीहरूको विकासको लागि महासंघले यस्ता तालिमहरु नियमित रुपमा संचालन गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष एवं अनुसन्धान तालिम तथ विकास समिति संयोजक निकोलस पाण्डेले बताउनुभयो ।
उपमहासचिव टंकप्रसाद चौलागाईंले संचालन गर्नु भएको कार्यक्रम महासंघका महासचिव रोशन दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो ।
भदौ महिना भरी ३ चरणमा सम्पन्न हुने उक्त तालिमा ३५ जना निर्माण व्यवसायीको सहभागिता रहेको छ भने कार्यक्रम महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा भएको हो ।