काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ। इन्डियन आयाल कर्पोरेशनले नेपाल आयाल नियमलाई दिएको पछिल्लो मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेको हो।
असार ३२ गतेदेखि मूल्य घटेसँगै निगमको घाटामा पनि कमि आएको छ। १५ दिनअघिसम्म मासिक घाटा १० अर्ब नाघेको निगमको अहिले चार अर्बमा झरेको छ। यो मासिक घाटामा गरिएको तुलना हो।
अहिले पेट्रोल १९५ खरिद गरेर १८१ मा बिक्री गर्दै आएको छ। डीजेल १९३ मा किनेर १७२ बिक्री गर्दै आएको छ ।
यस्तै मट्टितेल १६८ मा किनेर १७२ मा बिक्री गर्ने गरको छ । हवाई इन्धन (आन्तरिक) १५९.४४ मा किनेर १ सय ८० मा बिक्री गर्दै आएको छ। हवाई इन्धन (बाह्य) १३५.८० मा किनेर १.६४ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ। यस्तै एलपी ग्यास २३ सय ८२ मा किनेर १८ सयमा बिक्री गर्दै आएको छ।
मूल्य घटेसँगै निगमको मासिक घाटामा कमि आएको छ। यो ४ अर्ब ३२ करोडमा सिमित भएको छ। मन्त्रिपरिषदको असार ३१ को निर्णय अनुसार निगमलाई निगमलाई सरकारले ७ अर्ब ऋण दिने निर्णय भएको छ भने ३ अर्ब राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण प्रकृयामा छ।
अर्थ मन्त्रालयबाट पुर्वाधार शिर्षकको शोधभर्ना ५९ करोड लिने प्रकृयामा छ। यसले निगमलाई केहि राहत पुग्ने जनाइएको छ।