काठमाडौं। नेपालबाट नेपालमै बनेको फलामे डन्डी पहिलो पटक भारतमा निर्यात गरिएको छ। रुपन्देहीस्थित श्री स्टिलले उत्पादन गरेको फलामे डन्डी आजबाट बेलहिया नाका हुँदै भैरहवा भन्सार कार्यालयबाट भारत पठाइएको हो।
चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ता चप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो। यसअघि पाल्पा सिमेन्टले तानसेन ब्रान्डको सिमेन्ट भारत निकासी गरेको थियो ।
श्री स्टिलका सञ्चालक राजेशकुमार अग्रवालले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डबाट बिएसआई प्रमाणपत्र पाएपछि उद्योगबाट पहिलोपटक छड निकासी गरेको बताए । सरकारले गरेको व्यवस्थामा नगद अनुदान भएपछि कच्चा पदार्थ भारतबाट ल्याएर भारतमै निकासी गर्न सम्भव सम्भव भएको उनले बताए। भारतबाट नै स्पन्ज आइरन ल्याएर छड उत्पादन गरिँदै आएको छ । ४५० डलरमा किनेको स्पन्ज छड प्रोसेसिङ गरी ७५० डलरमा बिक्री हुँदै आएको छ ।
कम्पनीले नेपालमै पहिलोपटक जापानी प्रविधिको स्वचालित प्लान्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको छ । जुन भूकम्प र अग्नि प्रतिरोधात्मक मानिन्छ । आकार र तौलमा एकरुपता श्री स्टिल्सका विशेषता हुन्।
प्रतिघन्टा ४० टन उत्पादन क्षमता रहेको उद्योगले हाल दैनिक आठ सय सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको छ। यो प्रविधि उच्च गुणस्तरयुक्त स्टिल रिवार उत्पादन क्षमता भएको जापानिज डिजाइनमा निर्मित सिक्स स्टन्ड ब्लक मिलबाट उत्पादन हुने नेपालको पहिलो ब्रान्ड हो। एक खर्बको छठ निर्यात गर्ने क्षमता उद्योगको छ ।
याे पनि:
नवलपरासीमा उत्पादित पाल्पा सिमेन्ट भारत निर्यात शुरू