काठमाडौं। भारतीय उधोग महासंघले दिगो ऊर्जा सुरक्षामा अग्रसरता विषयलाई केन्द्रित गरेर आयोजना गरेको भर्चुअल साउथ एसिया पावर समिटमा नेपाल, भारत, भुटानर बंगलादेशका ऊर्जा क्षेत्रका सरकारी र निजी क्षेत्रका प्रतिनिधिले एकीकृत ग्रिडमा जोड दिँदै एकीकृत ग्रिडको मार्गचित्र निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको छ।
ऊर्जा संकट टार्न चार देशबिच सहकार्य गरी अघि आवश्यक प्रसारणलाई पूर्वाधारका साथै कानुन, नियम र निर्देशिका निर्माणमा अग्रसर हुनुपर्ने बताइएको छ। आयोजित समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवले हिउँदको याममा केही वर्षको लागि विद्युत आयात गर्नुपर्ने र वर्षामा निर्यात गर्न सक्ने गरी थप विजुलि रहेको भन्दै यसको लागि क्षेत्रीय र सह–क्षेत्रीय रुपमा ग्रिड, नीति नियम र पूर्वाधारमा एकरुपता आवश्यक रहेको बताएका छन्।
माग र आपुर्तिविचमा हिउँद र वर्षामा देखिएको अभाव पुर्ति गर्न एक अर्का देशले विद्युत व्यापारलाई सहजीकरण गरी अगाडी बढाउनुपर्ने विषयमा छलफल भएको छ। स्वच्छ तथा हरित ऊर्जाको रुपमा लिइने नेपालमा जलविद्युतको संभावना प्रशस्त मात्रामा भएको कारण नेपालबाट भारत र बंगलादेशविच विद्युत व्यापारको लागि द्धिपक्षिय र त्रिपक्षिय सहकार्य आवश्यक रहेको छ। पछिल्लो समयमा भारतमा कोइला अभावको कारण ऊर्जा संकट आएपछि भण्डारण प्रविधिलाई जोड दिएको छ।