काठमाडौं। प्रधानमन्त्री शेर बहादुर देउवाले भक्तपुरको दुवाकोटमा छिटो वीर अस्पताल निर्माण गर्न निर्देशन दिएका छन्।
वीर अस्पतालको १३३ औं वाषिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले प्राथकितामा साथ अघि बढाउन निर्देशन दिएका हुन्।
उनले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको विषय भएको भन्दै सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन प्रतिवद्ध रहेको बताएका हुन् ।
स्वास्थ्य क्षेत्रको विकासका लागि पर्याप्त रुपमा बजेट छुट्याएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उनको भनाई छ । उनले सस्तो सहज र गुणस्तरीय स्वास्थय सेवा आजको आवश्यकता भएको उनले बताए । प्रधानमन्त्री देउवाले अनेक महामारीसँग जुध्न सक्ने गरी स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे ।
उनले गुणस्तरीय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको वीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरीय बनाउदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा कर्मचारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्म्मान गरिएको थियो ।