ईलाम । माई नगरपालिका स्थीत ठ्याउरे खोलामा निर्माण भईरहेको फ्याउरे सिंचाइ आयोजना सम्पन्न भएको छ । एपेक्स सफल जेभीले निर्माणको जिम्मा पाएको सो आयोजना भर्खरै सम्पन्न भएको छ ।
ईञ्जिनियर पुरुषोत्तम शाहको जानकारी अनुसार १५ करोड तीन लाखमा सम्झौंता भएतापनि डिजाईन परिवर्तन भएको कारणले पहिलो निर्माणकार्य सम्पन्न हुदाँ १६ करोड ९१ लाख लागत लागेको थियो ।
पुल ढिलो निर्माण हुनुमा डिजाइन परिवर्तन भएको कारणले भएको र कोरोनाबिच निर्माणले तिब्रता लिएको निर्माण व्यवसायि गजुरेलले बताए ।
सो आयोजनाले नगरपालिकाका ६ ,७ र ८ वडा नं मा ११५० खेतीयोग्य जमिनमा सिंचाइ सुविधा भएको छ । उक्त आयोजनाको २४ किलोमिटर मध्ये अहिले पाँच कि मि मा पानी संन्चालन भएको छ ।