पोखरा। पोखरा लेकसाइडमा होटेलको छतबाट खसेर भारतीय नागरिकको मृत्यु भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित गौरीघाटमा रहेको पोखरा इन्टरनेसनल होटेलमा आफन्तसंग पोखरा घुम्न आएका भारतीय नागरिकको छतबाट खसेर हिजो बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा भारतको मेङलोर घर भयका ४५ वर्षीय भानु प्रकाश रहेका छन्।
भानुको शवको पोष्ठमाटमको लागि गण्डकी हस्पिटल लगेको र उनको मृत्यु के कसरि भयो भनेर थप अनुसन्धान भैइरहेको कास्की प्रहरीले जानकारी दिएको छ।