काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताउएका छन्।
राष्ट्रिय नागरिक विकास समाजले आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए।
मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे। “श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित तुल्याउने गरी काम गर्नेछु”, उनले भने।
उनले मन्त्री पद अस्थायी पद भएकाले आफू मन्त्री हुँदा उत्साहपूर्वक ढङ्गले काम गर्ने उल्लेख गरे। मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउन जरुरी रहेको बताए।
सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाइ छ।