गुल्मी। गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर १० सिमिचौरमा लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको हो।
खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।