डडेलधुरा। बेमौसमी रुपमा आएको वर्षाँपछि खसेको पहिरोेले अवरुद्ध भएको डडेलधुरा–डोटी जोड्ने डा केआईसिंह राजमार्ग खुलाउन सुरु गरिएको छ। डडेलधुरा गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक करब २०० मिटर सडक पहिरोेले भत्काएछि राजमार्ग अवरुद्ध भएको हो।
सो सडकभन्दा माथि चट्टान रहेको छ तर त्यो भन्दामाथी बस्ती रहेको कारण चट्टान काटेर सडक निर्माण गर्नुपर्ने भएपनि स्थानीयले विरोध गरेको कारण आइतबार चट्टान भन्दा मुनिबाट सडक बनाउन थालिएको सडक डिभिजन कार्यलयले जनाएको छ। साथै चट्टान भन्दा तलबाट सडक नर्माण गर्न कठिनाई रहेको पनि जनाएको छ। खोलाको भाग भासिदै गएको र माथिबाट चट्टान खस्ने संभवना रहेको कारणले गर्दा सडक निर्माण गर्न धेरै कठिन भएको सडक डिभिजन कार्यलयका प्रमुखले जानकारी दिएका छन्।
राजमार्ग सञ्चालन गर्नको लागि पहिरोले भत्किएको ठाउँमा डोजर पुगेर निर्माण कार्य सुरु गरेको छ। नदिको भाग नभासिए र माथिको चट्टान नखसेमा केहि दिनभित्र काम सकि राजमार्ग सञ्चालनमा ल्याइने योजना रहेको छ। रडुवा खोलामा खसेको पहिरोको कारण हाल यात्रुहरु रडुवाबाट माथिपट्टिको गन्यापधुराको गाउँ हुँदै पैदल यात्रा गरिरहेका छन्।