काठमाडौं। मनकामना केबलकार आगामी शनिबार (भदौ २५ गते) देखि सञ्चालनमा आउने भएको छ। केबलकार स्तरोन्नतिका लागि एक महिना लागि सेवा बन्द भएको थियो।
एक साता अघि नै स्तरोन्नतिको काम सकिएको बताइएको छ। सबै टावरको टेस्टिङ र कमिसनिङको काम भएको केबलकार सञ्चालन समितिले जनाएको छ। गोन्डोलाको ग्रीप फेर्ने र चार वटा टावरको पार्ट्स फेर्ने काम भएको छ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको छ। त्यसैका लागि मर्मतको काम गरिरहेको छ।
कम्पनीका अनुसार केबलकारको भवन, टावर, गोन्डोला, बुलह्विल लगायत उपकरण भने साबिककै रहनेछन्।