काठमाडौं। काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको प्रगति १२.९० प्रतिशत भएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको जनाएको हो।
आयोजनाले सुरुङ छेड्ने काम अबको ७ महिनामा पूरा हुने बताएको छ। विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले आयोजनाको कुल ६२.९० प्रतिशत काम पूरा भएको बताए।
उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । वर्किड अडिट १ सय २७ मिटर पूरा भएको छ भने ऋस प्यासेज १ सय २८ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ। आयोजनाको कुल भौतिक प्रगति ४२ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७ प्रतिशत छ।