बुटवल। लुम्बिनीमा विगत तीन वर्षदेखि थन्किएर बसेका विद्युतीय बस आजदेखि संचालनमा आउने भएका छन्। बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले आजदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका गाडीहरु चल्न नसक्नुका कारण २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिएलगत्तै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सरोकारवालाहरुबिच बैठक राखेर बिहीवारदेखि गाडी चलाउने निर्णय गरेको हो।
बिहीवारदेखि ५ वटा बस सञ्चालनमा आउने प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए। पर्यटकको सुविधाका लागि एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तीन वर्षदेखि थन्किएर बस्दा चौतर्फी आलोचना बढेको थियो।