काठमाडौं। अर्थशास्त्री स्वार्णिम वाग्लेले कांग्रेस महामन्त्री गगन थापालाई चाँडै नै प्रधानमन्त्रीका रूपमा देख्न चाहेको बताएका छन्।
शनिबार काठमाडौंमा युथ कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले आफू गगन यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे भएको बताएका हुन्।
‘गगन थापा मेरो साथी मात्र होइनन्, उनी मेरो नेता पनि हुन् । उनी यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे हुँ,’ वाग्लेले भने।
साथै, काठमाडौं क्षेत्र नम्बर ४ र सिंगो देश विकासका लागि गगनको नेतृत्व आवश्यक रहेको पनि उनले बताए।
गगन थापा आगामी निर्वाचनका लागि काठमाडौं ४ मा उम्मेदवार हुनुहुन्छ।