काठमाडौं। पर्साको वीरगञ्ज महानगरपालिका–२८ बगही र वडा नं २९ रतनपुरलाई जोड्ने भेढहा खोलामा पक्की पुल निमार्ण थालिएको छ। प्रदेश नं २ सरकारको भौतिक पूर्वधार विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०७८।७९ को विनियोजित बजेटअन्तर्गत कूल रु एक करोडको लागतमा उक्त पुल निर्माण हुन लागेको हो।
पुल निर्माण भएपछि पर्साको पर्सागढी नगरपालिकाका सबै वडा र वीरगञ्ज महानगरपालिकाको वडा नं २८, २९, ३०, ३१ का स्थानीयवासी लाभान्वित हुनेछन्। लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए। अहिले पुल निर्माण हुने भएकाले उनिहरुपनि खुसि भएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्याएपछि पुल निर्माणको काम अघि बढेको हो।