बैतडी । पुर्चौंडी नगरपालिकाको केन्द्र हाटमा विद्युत विस्तार भएको छ । पुर्चौंडी नगरपालिका–१ को हाट, खडीखेत, डाँडाकोट, दाडीमबाटा, वसन्तपुर लगायतका क्षेत्रमा विद्युतको केन्द्रिय प्रशारण विस्तार भएको हो ।
पुर्चौंडी नगरपालिका १ का वडाध्यक्ष गणेशबहादुर गडालले जयदुर्गे चमेलिया ग्रामीण विद्युत सहकारी संस्था मार्फत विद्युत विस्तार गरिएको जानकारी दिए ।
लामो समयपछि पुर्चौंडी नगरपालिकाको केन्द्रमा विद्युत विस्तार भएपछि स्थानीयबासी पनि खुसी भएका छन्। टुकी बालेर बस्नुपर्ने बाध्यताको अन्त्य भएर अब विद्यार्थीलाई लेखपढ गर्न, राति पनि हिँडडुल गर्न, टेलिभिजन लगायतका सेवा उपयोग गर्न सहज हुने भएको एक स्थानीयले बताए ।