काठमाडौं । यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको माग हालसम्मकै उच्च भएको छ । लक्ष्मीपूजाको दिन विद्युतको पीक डिमाण्ड १२७० मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यो हालसम्मकै उच्च माग हो ।
नेपालले भारतमा ४८ मेगावट विजुली निर्यात पनि गरेको छ र भारतबाट नेपाल बिजुली आयात शुन्यमा झारिएको छ । नेपालको बिजुली नै प्रशस्त छ ।
गत वर्ष लक्ष्मीपूजाको दिन ११२३ मेगावाट विद्युत खपत भएको थियो । पोहोरको तुलनामा यो वर्ष १४७ मेगावाट बढी हो ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार व्यवस्थापन गरेका थिए । विगतका वर्षहरुमा लक्ष्मी पूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ ।