रौतहट । जिल्लाको धनसर–जंगलसैया–कटहरिया सडकखण्डको प्रवेश स्थलमा निर्माण गरिएको धनसर गेटको उद्घाटन गरिएको छ । शनिबार नेकपा एमालेका नेता प्रभु साहले एक औपचारीक कार्यक्रमकाबीच धनसर गेटको उद्घाटन गरेका हुन् ।
धनसर–जंगलसैया–कटहरिया सडकखण्डको प्रवेश स्थलमा आफ्नो संसदीय कोषको रकमबाट विभिन्न बाधा व्यवधानहरुलाई पार गर्दै निर्माण भएको धनसर गेटको औपचारिक रुपमा नै समुद्घाटन कार्य सम्पन्न भएको नेता साहले जानकारी दिए ।
उनले भने, ‘मेरो नेतृत्व र आमजनता, जनप्रतिनिधि तथा अन्य केहि व्यक्ति एवं संस्थाको सहयोग र सहभागिताको बलमा लगभग १४ कि.मि. यो नयाँ सडक हामीले बिना कुनै सरकारी बजेट निर्माण गरेकोमा पछि आएर यो सडक देशकै रणनीतिक महत्वको सडकको रुपमा छनौट भई ठेक्का कार्य समेत सम्पन्न भैईसकेकोले शिघ्र कालोपत्रे निर्माण कार्य सु–सम्पन्न हुने विश्वास सहित यस ऐतिहासिक अभियानमा प्रत्यक्ष एवं परोक्ष रुपमा सक्रियतापूर्वक साथ, सहयोग र सहभागिता जनाउनु हुने सम्पूर्णमा एकमुष्ट हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्दै सम्पूर्ण उपभोक्ता र लाभग्राही जनसमुदायमा हार्दिक बधाई व्यक्त गर्दछु ।'