काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवनमा सडकको धुलो कक्षा कोठामा छिर्ने गरेको छ।
सडकको कुनापट्टी बालकन्या प्राविको भवन रहेको छ । सवारीसाधनले उडाएको धुलो सिधै कक्षा कोठाभित्र छिर्ने गरेको छ । धुलोले विद्यार्थी, उनीहरूको कपडा र पुस्तक धुलाम्मे हुनेगरेको छ । विद्यालयको आँगन बराबरको सडकमा पानी छ्यापेर धुलो नियन्त्रण गर्ने गरिएको छ । विद्यालयमा आउने धुलो नियन्त्रणका लागि नगरपालिका समक्ष पानी छ्याप्न पोलिथिन पाइप माग्दासमेत नपाएको राई गुनासो गर्छन् । भवनको कुलेसोबाट पानी चिसाएर कक्षाकोठा चिसो हुने गरेको छ ।
विद्यार्थी संख्य घटेको भन्दै भौतिक संरचना कालिका प्रावि ओखरबोटेको मातहत रहनेगरी बालकन्य प्राविलाई २०६४–०६५ मा ‘कोल्याप्स’ गरिएको थियो । विद्यालय जाने उमेरका बालबालिकालाई अन्यत्र पठाउन अप्ठ्यारो भएपछि अभिभावकको पहलमा नगरपालिकाको अनुमतिमा २०७२ सालदेखि बालकन्या प्राविको भवनमा बालविकास केन्द्र सञ्चालनमा ल्याइएको थियो । पछि २०७४ मा बालकन्या प्राविलाई पुनः नयाँ विद्यालय सरहको दर्ता प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइएको विव्यासका पूर्वअध्यक्ष पुरीले बताए ।