काठमाडौं। नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन गर्न दुई कम्पनीलाई स्वीकृति दिएको छ। बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडलाई आइपीओ जारी गर्न अन्तिम स्वीकृति दिएको हो।
मकर जितुमाया हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने छ। कम्पनीले सर्वसाधारणमा जारी पुँजीको ३० प्रतिशत आइपीओ जारी गर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
यस्तै, सानिमा मिडल हाइड्रोपावरले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार कित्ता आइपीओ जारी गर्नेछ।
कम्पनीले जारी पुँजीको २५ प्रतिशत साधारण सेयर जारी गर्दैछ। यो कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।