काठमाडौं। आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले निर्माण उद्योगका राजश्व सम्बन्धी समस्या समाधान गर्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा महानिर्देशक दीर्घराज मैनालीले व्यवसायीका जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
महानिर्देशक मैनालीले निर्माण व्यवसायीहरु नै विकास तथा समृद्धिका बाहक भएको बताउँदै व्यवसायीहरुका जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीसँग भेटी निर्माण उद्योगका राजश्व सम्बन्धित् समसामयिक समस्याहरू बारे जानकारी गराएकाे थियाे ।
समस्याबारेमा जानकारी लिइसकेपछि महानिर्देशक मैनालीले निर्माण व्यवसायीहरुको समस्याप्रति आफू गम्भीर रहेको बताए। साथै उनले व्यवसायीका जायज माग सकेसम्म चाँडै सम्बोधन हुने प्रतिबद्धता जनाए।